७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गठबन्धनमा कांग्रेसले संकट ल्याउने प्रयास गरेको गृहमन्त्री लामिछानेको आरोप


प्रकाशित: मंगलवार, २५ बैशाख २०८१, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास आरोप लगाएका छन । 


मंगलवार रास्वपाको संसदीय दलको बैठकमा गृहमन्त्री लामिछानेले सो कुरा बताउँदै समसामयिक विषयमा धारणा राखेका हुन । 


गृहमन्त्री लामिछानको भनाईलार्य उद्धृत गर्दै रास्वपाका सहप्रवक्ता मनीष झाले गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास गरेपनि नआएको बताएका छन । 


कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो भनेर गृहमन्त्रीको भनाई उल्लेख गरे । 


समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex