काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगन कुमार थापा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साहविच भेटघाट भएको छ ।
बुधवार भएको भेटघाटमा काठमाडौको फोहोर व्यवस्थापन, सम्पदा सरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा छलफल भएको नेता थापाले बताएका छन ।
थापाले महानगरको सकारात्मक पहलकदमीमा आफ्नोे निरन्तर साथ रहने प्रमुख बालेन्द्रलाई विश्वास दिएका छन ।
महानगर प्रमुख साह महानगरको व्यवस्थापनको विषयलाई लिएर राजनीतिक दलका नेताहरुसँग निरन्तर भेटघाटमा व्यस्त देखिएको छ ।
तस्वीर सौजन्यः गगन थापा
Categorized in स्थानिय