२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा 


प्रकाशित: शुक्रवार, ९ माघ २०८२, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । 


शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 


पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । 


कांग्रेसले मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ । उपसभापति शर्माले गगन थापाले परिवर्तित समय र परिस्थितिलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन । 


उनले भने, “गगन थापासँग जुझारु र विद्रोही छवि मात्र होइन, प्रतिकूल समयमा संयम राख्दै विषयवस्तुलाई परिपक्व ढंगले समाधान गर्ने क्षमता पनि छ । उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ न दीर्घजीवी ।”


संयम, सौम्यता र जिम्मेवार नेतृत्व अघि बढाउने सामथ्र्य गगन थापासँग रहेको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीका रूपमा उनले बलियो कमान्ड दिन सक्ने कांग्रेसको विश्वास रहेको बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex