काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापालाई प्रत्यक्ष तर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
उनका अनुसार प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस सूचीमा समावेश छन ।
सिफारिस सूची प्रदेश नेतृत्व मार्फत केन्द्रीय कार्यालयमा पठाइने कांग्रेसका एक नेताले बताए ।
रोल्पामा भने अन्तिम समयमा नेता थापाको नाम सिफारिस भएसँगै निर्वाचन क्षेत्रको राजनीतिक चर्चा बढेको छ ।
Categorized in राष्ट्रिय