७ बैशाख २०८१, शुक्रबार
Header

गगनले पोखे पार्टी भित्रको असन्तुष्टि, अब नसहने


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, १९ः०० बजे 
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र देखिएको असन्तुष्टि पोखेका छन । 


शुक्रवार काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णय विरुद्ध उभिने चेतावनी दिएका छन ।


थापाले पार्टी सभापति देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने बताएका छन । 


उनले सभापति देउवाले गरेका एकल निर्णयहरु प्रति आक्रोश व्यक्त गरेका छन । रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन । 


पार्टी सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए ।

 


उनले भने,‘यस्तो परिपाटी डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । सभापति हो उहाँले कुनै न कुनै दिन गर्नुहुन्छ भन्ने लाग्यो । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरे विभाग बन्छ नत्र बन्दैन । अस्ति उहाँलाई विभाग गठन गर्न मन लाग्यो गर्दिनुभयो । अहिले उहाँलाई गर्न मन लागेको छैन गर्नुभएन । कलम खल्तीमा राख्नुभएको छ निकालेर हस्तक्षर गरे विभाग बन्छ, नत्र बन्दैन ।’


‘उम्मेदवार गुटले छान्नेछ । पार्टीभन्दा गुट ठूलो हुने प्रवृत्ति बढेको छ । निर्वाचनको टिकट बाँड्दा दाइ भए भाउजु छान्छ, बुबा भए छोरा छान्छ । दिदी भए भिनाजु छान्छ । आमा भए छोरी छान्छ ।’ उनले भने ।


कांग्रेसलाई अहिलेकै अवस्थामा राखेर विश्वास स्थापना गर्न नसकिने उनको भनाई थियो । 


फाईल तस्वीर 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD