२२ बैशाख २०८१, शनिबार
Header

गएराती न्यूरोडमा धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु


प्रकाशित: मंगलवार, १६ असोज २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । सोमवार राती न्यूरोडमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।


प्रहरीका अनुसार इन्द्रजात्रा हेर्न पुुगेका युवामाथि धारिलो हतियार प्रहार हुँदा उनको मृत्यु भएको हो । 


सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्की माथि प्रहार थियो । 


उनलाई उपचारको लागि अस्पताल पराउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर ११ः५८ मा मनमोहन अस्पताल र्पुयाउँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए । 


सो घट्नामा संलग्नको आशंका २ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD