काठमाडौं । गएराती चितवनको रत्नगरपालिका – १० भानुचोकमा बस र ट्रक एक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ भने १७ घाईते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुसबैको उपचारको क्रमममा नै मृत्यु भएको थियो । घाईतेहरुको भने चितवनको मेडिकल कलेजमा उपचार भईरहेको छ ।
पूर्वपश्चिम राजमार्गको अन्तर्गत काठमाडौबाट काकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस र पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ख ५९४१ नम्बरको ट्रक ठोक्किदा दुर्घटनामा परेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
Categorized in समाज