२१ बैशाख २०८१, शुक्रबार
Header

गएराती काठमाडौंको २ स्थानमा आगलागी


प्रकाशित: आइतवार, ७ असोज २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । गएराती काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी भएको छ । 


प्रहरीका अनुसार काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ ।


सो आगलागीम करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


त्यसैगरी, चन्द्रागिरि नगरपालिका–११ सतुुंगलमा रहेको चप्पल कारखानामा विद्युत सर्ट भएकार आगलागी भएको प्रहरीले जनाएको छ ।


चोककुमार श्रेष्ठले सन्चालन गरेको चप्पल कारखानामा गए राति भएको आगलागीको कारण ९० लाख बराबरका समानहरु जलेर नष्ट भएको छ । 


सतुंगलमा आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । 

 

file pic

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD