२२ बैशाख २०८१, शनिबार
Header

खो खो टिम कीर्तिपुरलाई सम्मानसहित नगरपालिकाको थप एक लाख सहयोग


प्रकाशित: बुधवार, १० फागुन २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अन्तर नगर खो खोे प्रतियोगितामा दोस्रो भई एकलाख नगद पुरस्कार जितेका टिमलाई कीर्तिपुर नगरपालिकाले थप एक लाख १० हजार थपिदिएको छ । 


भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका खो खो प्रतियागितामा दोस्रो स्थान हासिल गरी प्रापत गरेको नगद पुरस्कार वापत रु १ लाखमा नगरपालिकाले १ लाख १० हजार थपिदिएको हो । 


बुधवार खो खो कीर्तिपुर टिम सम्मान गर्न आयोजित कार्यक्रममा नगर प्रमुख राजकुमार नकर्मीले खेलाडिहरुलाई खादा ओढाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।


प्रतियोगितामा दोस्रो स्थान हासिल गरि प्राप्त पुरस्कार रु. १ लाखमा थप रु. १ लाख १० हजार रुपैंया थप गरि २ लाख १० हजारको चेक खेलाडि टिमलाई हस्तान्तरण गरिएको हो । 


कार्यक्रममा टिम प्रशिक्षक विक्कीराज महर्जनले प्रतियोगितामा जितेको फागट्रफि नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।


सो अवसरमा प्रमुख नकर्मीले खेलाडि टिमलाई बधाई ज्ञापन दिँदै अर्को पल्ट पहिलो हुन शुभकामना दिए ।


कार्यक्रममा उपमेयर शुभलक्ष्मी शाक्यले खो खो खेलबाट कीर्तिपुर नगरलाई चिनाउन सफल भएकोमा खेलाडि टिमलाई धन्यवाद ज्ञापन गरिन । 


नगर खेलकूद समितिका सदस्य सचिव एवं सामाजिक शाखा प्रमुख अनुज प्रधानले संचालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद बास्कोटालगायत वडा अध्यक्षहरु १ वडाका हिरालाल महर्जन, ३ वडाका सुविन्द्र महर्जन, ९ वडाका दिनेश श्रेष्ठ र १० वडाका नरेश महर्जन र अन्य जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो । फागुन ५ देखि ९ गतेसम्म संचालन गरिएको प्रतियोगितामा १३ वटा नगरपालिकाबाट गरि १४ वटा टिमको सहभागिता रहेको थियो ।


तस्वीर तथा समाचारः बिरेन्द्र शाक्य, पत्रकार/कीर्तिपुर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD