४ भाद्र २०८३, बिहिबार
Header

खोलामा फोहोर फाल्ने पक्राउ, ककनीमा बाख्रा मारेको भन्दै फेरि अवरोध


प्रकाशित: आईतवार, २९ साउन २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौँ । आज विहान फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँमा गएका गाडीहरुलाई खोलामा फोहोर फालेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।


तारेकश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गए राती अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेपपछि स्थानीयले अवरोध गरेका थिए । 
पछि प्रहरीसँग समन्वय गरेर स्थानीयलाई बुुझाएर अवरोध खुला गरेको वडा अध्यक्ष आर्यालले बताए । 


नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसारढकाल खोलामा फोहोर फाल्नेमध्ये एकजना पक्राउ परेका छन ।


सोधखोज गर्दा बालुवा बोक्ने ट्रिपरले फोहोर बोकेर गएको भेटिएको भट्टले बताए । उनले शंकास्पद चालकलाई सोधखोज गर्दा बेलुका ६ बजे ल्याण्डफिल साइडमा फोहोर फालेको बताए । 


उनले फोहोर फाल्न प्र. ३ —००३—१२४६ नं. को गाडी प्रयोग गरेका थिए । 


यता ककनी गाउँपालिकाको कागतीमा फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्दै बाटो अवरोध गरेको महानगर प्रवक्ता नविन मानन्धरले बताएका छन । स्थानीयले बाख्राको क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध पारेका छन । 


काठमाडौं महानगरपाकिलाले शनिवारदेखि काठमाडौंका फोहोर उठाउन थालेको छ । हिजो फोहोर बोकेर १५२ वटा गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए । 


आजदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पु¥याउने योजना बनाइएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex