१४ बैशाख २०८१, शुक्रबार
Header

खोप लगाउन नपाएपछि पेट्रोल व्यवसायी फेरि आन्दोलित 


प्रकाशित: शुक्रवार, ४ असार २०७८, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन ।


बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने विज्ञप्ती जारी गरेर चेतावनी दिएको छ । 


यस अघि मजदुरहरुलाई खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएपछि उनीहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताईएको छ । 


एशोसिएसनको सोमबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जारी विज्ञप्तीमा जनाएको छ । 


कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने मजुदर तथा व्यवसायीहरुको भनाई छ । यस अघि बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो । 


नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने भने पनि कार्यान्वयन हुन नसकेको व्यवसायीहरूले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD