२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

खोप नआएपछि बुस्टर डोज लगाउन पाएन 


प्रकाशित: मंगलवार, २० पुस २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले मंगलवारदेखि जेष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई बुस्टर डोज दिने घोषणा गरेका थिए । 


तर खोप नै उपलव्ध नभएपछि खोप लगाउन भेला भएकाहरु त्यतिकै फर्किनु परेको थियो । 


सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई मगंलबारदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो ।


बानेश्वरस्थित निजामति अस्पतालका निर्देशक डा. अनुज रायमाझीले बुस्टर डोज खोप लगाउन आएका जेष्ठ नागरिक फर्केको बताईन । 


स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्ले मन्त्रालयबाट ढिलो परिपत्र भएका कारण आजैदेखि बुस्टर डोज खोप सञ्चालन गर्न नसकिएको बताए ।


उनका अनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरमा भोलि (बुधबार)देखि बुस्टर डोज खोप लगाउने छलफल भएको छ । 


मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले बुस्टर डोज खोप लगाउन पाउने छन ।


मन्त्रालयका अनुसार बुस्टर डोज खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex