७ बैशाख २०८१, शुक्रबार
Header

खोप कार्यक्रम पालिकाहरुले सञ्चालन गर्नुपर्ने महानगरको निष्कर्ष


प्रकाशित: आईतवार, ३ साउन २०७८, २०ः४० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले उपत्यकामा एउर्टै समयमा खोप कार्यक्रम चलाउनु पर्ने निष्कर्ष निकालेको छ । 


खोप व्यवस्थापनका लागि पालिका स्तरबाट योजना निर्माण नदिइ माथिल्ला निकायले मिति र समय तोकेर खोप चलाउन निर्देशन दिएपछि खोप कार्यक्रमलाई प्रभावकारी हुन नसकेको समेत बैठकले समिक्षा गरेको छ । 


उपत्यका ३ वटा जिल्लामा एकै समयमा कार्यक्रम सञ्चालन नगर्दा पहिलो सञ्चालन गर्ने पालिकामा अन्य पालिकाबाट खोप लगाउन मानिसहरु आउने भएपछि व्यवस्थापकीय समस्या थपिएको विभागले ठहर गरेको हो । 


जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, विभागका अधिकारी र खोप संयोजकविच सम्पन्न समीक्षामा खोपको अभाव, खोप लगाउन दबाब तथा माग र आपूर्तिको सन्तुलन नमिल्दा सिर्जना भएको सुरक्षा खतरासम्मका विषयमा छलफल चलेको थियो । 


समिक्षा बैठकमा अत्यावश्यक सेवामा काम गर्नेलाई खोप दिनु पर्ने भएपछि कम उमेरकाले खोप पाए, तोकेका उमेरका व्यक्तिले पाएनन भन्ने गुनासाहरु आएका छन । 


अहिले वडा स्तरीय र पालिका स्तरीय समन्वय समितिको भूमिकालाई निष्क्रिय बनाउन खोजिएको छ । यसले गर्दा खोपका लक्षित समूहले सहज रुपमा खोप पाएनन । खोप अधिकारीहरुको सुझाव छ ।


समन्वय समितिका प्रमुख राजवैद्यले, खोप कार्यक्रम पालिकाले योजना बनाएर पालिकाले नै चलाउनु पर्ने धारणा व्यक्त गरेका छन । महानगरका वडास्तरमा खोप केन्द्र सञ्चालन हुनुपर्छ धारणा राजबैद्यले राखे । 


जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले खोप कार्यक्रम सञ्चालन हुने दिन पनि समयमा सामाग्री प्राप्त नहुने । प्राप्त भएका सामाग्री पनि अधुरा हुने । खोप हुन्छ, कार्ड हुँदैन । कार्ड हुन्छ, खोप नहुने जस्ता समस्या देखिएको समिक्षा बैठकमा बताए । 


काठमाडौँका ठूला अस्पतालमा अरु रोगको उपचार गर्न आउने विरामीहरुको त्यत्तिकै पनि भीड हुन्छ । त्यस भीडमा लगेर कोविडको खोप केन्द्र राखिनु आफैँमा बैज्ञानिक छैन । 


काठमाडौँ महानगर आफैँ खोप कार्यक्रम चलाउन र कन्ट््याक्ट टे«ेसिङ्, पीपीआर र एन्टिजेन परीक्षणजस्ता जोखिमपूर्ण काम गर्ने महानगरले खोप चलाउन नसक्ने भन्ने कुरै हुँदैन महानगरका कोविड खोप फोकल पर्सन ज्ञानबहादुर ओलीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD