काठमाडौं । खोकना सभ्यता बचाउन स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन ।
काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाको काम सहमती विपरीत काम अघि बढाएको भन्दै खोकनावासीले विरोध गरेका हुन ।
लामो समयदेखि खोकना सभ्यता बचाउन आन्दोलनमा उत्रेका अभियान्ताहरु तथा खोकनाको स्थानीयहरुले सरकारको बलजफ्ती प्रति कडा आपत्ति जनाएको छ ।
सरकारले सुरक्षाकर्मी लगाएर जर्वजस्ती काम अघि बढाउँदै आएको छ । स्थानीयले पटक पटक वार्ताको पहल गरेपनि सरकार पछि हट्दै आएको छ ।
फर्सिडोलमा निर्माणाधीन द्रुतमार्गको प्रवेश बिन्दुमा पुगेर स्थानीयले बुधवार विरोध गरेका हुन ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको जिम्मेवारी लिएको नेपाली सेनाले खोकनासहित कुल ८०७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।
तस्वीरहरुः सुवाल लक्ष्मीसुन्दर र सुनिल महर्जनको फेसबुकबाट





Categorized in समाज