१३ बैशाख २०८१, बिहिबार
Header

खोकनामा स्थानीयले मुखमा कालो दलेर गरे फाष्ट ट्रयाकको विरोध


प्रकाशित: मंगलवार, २२ पुष २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको खोकनमा स्थानीयले तराई मधेस फास्ट ट्रयाकको विरोध गरेका छन । 


मंगलवार उनीहरुले फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतको विरोधमा आफ्नै अनुहारमा कालो मोसो दलेर विरोध गरेका हुन । 


खोकनाको लाछिमा भेला भई स्थानीयले सररकारको ठुला आयोजनाले भूमिसँगै संस्कृतिमाथि प्रहार गरेकोले विरोधमा उत्रनु परेको अभियान्ता राजाराम तन्डुकारले बताएका छन ।


सरकार र सरोकारवालाहरु पटक पटक स्थानीयहरुको समस्या सुनाएपनि नसुनेपछि विरोधको यो स्वरुप अपनाउनु परेको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले जानकारी दिए ।


आउँदो शनिबार पनि यस्तै कार्यक्रम इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD