३ आषाढ २०८२, मंगलबार
Header

खोकनामा दूर्तमार्गको लागि सुरु विन्दुको विकल्प रोज्न प्रधानमन्त्रीलाई सुुझाव


प्रकाशित: सोमवार, २६ जेठ २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको खोकना र बुङ्मतिका स्थानीयवासीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको सुरू विन्दुको विकल्प रोज्न प्रधानमन्त्रीलाई सुुझाव दिएका छन । 


प्रधानमन्त्री केपी शर्मा ओली र खोकनाका सरकोरावाला,स्थानीवासहरु विच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । 


काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको सुरू विन्दु विवाद र समाधनका उपायबारे भएको छलफलमा सरोकार समितिले खोकनामा सुरूविन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ । 


तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नम्बर २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका हुन्।


छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।


छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी थिए ।

 
कूल ७० दशमलव ९७ किलोमिटर दूरीको
दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना २०७४ मा सुरू भएको हो। आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


तस्वीरः प्रधानमन्त्रीको सचिवालय 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex