८ बैशाख २०८१, शनिबार
Header

खेलकुद वचतको साधारण सभा सम्पन्न


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, १९ः३० बजे
- केडिआर

काठमाडौं । हालै एक कार्यक्रम गरी खेलकुद वचत तथा ऋण सहकारी संस्था लि. ले बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष सुमन भट्टद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, आ.व. २०७७/०७८ मा संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, विनियम संशोधन सम्बन्ध, आ.व. २०७८/०७९ को लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन लगायत, विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारीत गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ६८ लाख ५६ हजार ३ सय रुपैयाँ जगेडा कोष हिसाव ३५ लाख ३५ हजार २६ रुपैयाँ ३९ पैसा, वैधानिक तथा अन्य कोष हिसाव १८ लाख ३३ हजार ३० रुपैयाँ २४ पैसा, निक्षेप हिसाव ९ करोड २५ लाख ७६ हजार ५ सय ३२ रुपैयाँ ६६ पैसा, चालु दायित्व तथा व्यवस्था ३ लाख ८८ हजार १ सय ९५ रुपैयाँ २१ पैसा, कर दायित्व १ लाख ८९ हजार ७ सय १३ रुपैयाँ ६४ पैसा, कर्जा नोक्सानी २८ लाख ३३ हजार ५० रुपैयाँ भएको छ भन्ने संस्थाको कुल दायित्व १० करोड ८२ लाख ११ हजार ८ सय ४८ रुपैयाँ १४ पैसाको भएको छ । साथै साधारण सभाका प्रमुख अतिथी रहनु भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङलाई विशेष सम्मान प्रदान समेत गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD