९ भाद्र २०८३, मंगलबार
Header

खुला दुध बेच्ने डेरीहरु ३० दिनभित्र महानगरमा दर्ता हुुनु पर्ने 


प्रकाशित: बुधवार, २७ भाद्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र खुला रुपमा दुध तथा दुुग्धजन्य परिकारहरु बेच्ने पसहरुलाई दर्ता गर्न आव्हान गरेको छ ।


बुधवार महानगरले एक सुचना जारी गरी दर्ता नभएका तथा नविकरण गर्न बाँकी रहेकोले ३० दिनभित्र दर्ता तथा नविकरण गर्न भनेको छ । 


‘खुला रुपमा दुुध तथा दुुग्धजन्य परिकार विक्रि– वितरण गर्ने डेरीहरुलाई खाद्य ऐन २०२३ र खाद्य नियामवली २०२७ ले तोके बमोजिम सञ्च तथा विक्री गर्नु’ जारी सुचनामा उल्लेख छ । 


महानगरले यस अघि बजार अनुुगमनको क्रममा पसलमा खुला रुपमा बेचिने दूध र दुुग्धजन्य परिकारहरु स्वास्थ्यको लागि कति स्वस्थकर हुन्छ भन्नेबारे छलफल चलेको थियो । 


त्यसैगरी महानगरले बजारमा विक्री वितरण हुने प्रशोधित पानीको गुुणस्तरको पहिचान गरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई आव्हान गरेको छ । 


बजारमा पाईने प्रशोधित पानीको नाममा गुणस्तरहीन पानीको विक्री वितरण भईरहेकोमा भन्दै महनगरको ध्यानाकर्ष भएको जनाएको छ । 


‘बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतहरु कुुच्चिएका, फोहोर, टुुटेफुुटेको, एमआरपी मूल्य उल्लेख नभएको तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्र जस्त आवश्यक विवरण राखिएको छैनन,’ सुचनामा भनिएको छ,‘ कतिपय जारको विर्कोबाट पानि चुुहिने गरेको भेटिएको छ । यसरी पानीको शुद्धता व्यवसायीले ध्यान नदिँदा हानिकारक सक्ष्म जीवाणुुहरु मानव शरिरमा प्रवेश गरी संक्रमक रोग फैलिने जोखिम हुन्छ ।’


महानरले जारी गरेको सुचना विपरित मापदण्डरु पालना गरेको पाएमा प्रचतिल कानुनी व्यवस्था अनुसार कार्वाही गरिने चेतावनी दिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex