२१ बैशाख २०८१, शुक्रबार
Header

खुलामञ्च खुला नै गरिने महानगरको मौखिक जवाफः सिडियो


प्रकाशित: सोमवार, १५ माघ २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । ‘अकुुपाई टुँडिखेल’ अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडियो) जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुुझाएका छन ।

 
सोमवार अभियानले खुलामञ्चमा काठमाडौं महानगरले फुटवल ग्राउण्ड बनाउने तयारी गरेको बारे जानकारी गराउँदै ज्ञापन पत्र बुुझाएको हो ।


अभियानका संयोजक बिजय श्रेष्ठ, पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता भिमसेन दास प्रधान, नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापित लगायत विभिन्न स्थानीय संघ, संस्थाका प्रतिनिधिहरुको टोलीले ज्ञापन पत्र बुुझाएका छन । 


ज्ञापन पत्र बुझेपछि सिडियो बस्नेतले महानगरले खुलामञ्चलाई खुलानै गर्ने मौखिक जवाफ पाएको बताए । 


‘बिगार्न लागेको होइन, अहिले भइरहेको माटो निकालेर ग्रिनरी बनाउने भनेर जानकारी आएको छ । बिहान–बेलुका खेल्न मिल्ने गरी मैदानलाई हरियाली गरेर खुला स्थान नै बनाउने भन्ने महानगरको मौखिक जानकारी छ,’ बस्नेतले भने ।


ज्ञापन पत्रमा विभिन्न कालखण्डमा खुलामञ्चलाई शासकहरूले मास्दै आएको र केही बाकी रहेको जग्गा पनि महानगरले सक्न लागेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका हुन । 


प्रमुख जिल्ला अधिकारी बस्नेतले संघीयता पछी प्रतिपादीत स्थानिय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने जिम्मा स्थानिय सरकारलाई नै दिइएको बताए ।


त्यस्ता सार्वजनिक जग्गाहरुको प्रयोगमा स्थानिय सरकारले अलि धेरै विवेक प्रयोग गर्नुपर्ने धारणा पनि राखे । 


खुल्ला मञ्चलाई त्यसको ऐतिहासिकता, मौलिकता र प्राकृतिक स्वरुप कायम हुने गरी कसरी जोगाउनको लागि काठमाडौँ महानगरपालिकाले बुद्धीमततापूर्वक, विवेक प्रयोग गरेर संरक्षणको काम कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD