काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधवारबाट खुलामञ्चलाई खुला गर्ने अभियानको सुरुवात गरेको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगिसकेकोले हामीले सम्बन्धीत पक्षलाई जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका बताएका छन ।
विस्तारै बसपार्क पनि खुला गर्ने बताउँदै उनले भने,‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अबको केही दिनभित्रै थुप्रिएको संरचनाहरु खाली गराईने बताए । उनका अनुसार कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो ।
उहाँले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीले बताए ।
Categorized in राष्ट्रिय