८ बैशाख २०८१, शनिबार
Header

खुलामञ्च खुला अभियानः फेरि चल्यो डोजर (फोटो फिचर)


प्रकाशित: आईतवार, १ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च खुला गराउने अभियानलाई निरन्तरता दिएको छ । 


आईतवार खुलामञ्चमा महानगरपालिकाले त्यहाँ रहेका अस्थायी संरचनाहरु हटाउन फेरि डोजर चलाएको छ । यस अघि पनि खुलामञ्चमा महानगरपालिकाले थुप्रिएका निर्माण सामग्री र संरचनाहरुमा डोजर चलाएर हटाएको थियो । 

 


राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकोले निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको हो । 


केही दिनमा नै खुलामञ्च खुला हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । 

 


महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले आज खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरीको वार भत्काएको जानकरी दिए ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD