६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

खुलामञ्चसँग जोडिएको दुईमाजुको जग्गा खाली गराईने


प्रकाशित: मंगलवार, २८ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्थानले विना टेण्डर गैरकानुनी रुपमा व्यवसायिक रुपमा प्रयोगको लागि दिएको दुईमाजुको जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ । 


केही समय अघि विभिन्न न्यूज पोर्टलमा खुलामञ्च र रत्नपार्कको विचको दुईमाजुको सार्वजनिक जग्गा व्यवसायीहरुको कब्जामा भन्ने समाचार प्रकाशित भएपछि सम्बिन्धीत निकायले जग्गा खाली गराउने भएको छ । 


गुठी संस्थान काठमाडौं शाखाका कार्यलय प्रमुख शैलेन्द्र पौडेलका अनुसार चाँडै दुईमाजुको जग्गा खाली गराउने भएको छ । उक्त जग्गामा ३५ वटा पसल कवलहरु सञ्चालन भईरहेको छ । 


गुठी संस्थानलाई मासिक १५ हजारमा भाँडा बुझाउने सहमतिमा गोर्खाकी अनिता भट्टराईलाई उक्त जग्गा व्यवासायिक प्रयोजनको लागि दिएको थियो तर उनले पसल कवलहरुबाट लाखौ रकम असुल गर्ने गरेको थियो । 


समाचार प्रकाशित भएपछि अनिता भट्टराईले यतिखेर सो सम्झौता खारेज गरी पाउँ भनी गुठी संस्थानमा निवेदन दिएको छ । 


गुठी संस्थान काठमाडौं शाखा प्रमुख पौडलले अनिताको निवदेनको पुष्टि गर्दै निवेदन कार्यलयमा उपस्थित भएपछि जग्गा खालि गर्ने वताएको छ । 


काठमाडौं महानगरपालिका –२८ वडाले पनि विगतमा भएको सहमति विपरित पसल कवलहरु राखी व्यवसायिक कार्य गरेको तथा तेश्रो पक्षलाई जग्गा प्रयोग गर्न दिएको भन्दै काठमाडौं महानगरपालिकालाई सो व्यवसाय बन्द गर्न गर्न पत्रचार गरेको छ । 


तर यस विषयमा भने महानगरपालिका मौन देखिएको छ । दुईमाजु गुठीको एक रोपनीभन्दा बढी जग्गा गैरकानूनी रुपमा व्यक्तिको निजी सम्पत्तिसरह प्रयोग भइरहेको देखिएको छ । 


महानगरपालिकाको भवन निर्माण इजाजत विभागले कानून विपरीत दुईमाजु गुठीको जग्गामा २०७५ फागुन १० गते व्यक्तिलाई टहरा बनाउन दिएको हो ।


यसै विषयमा खुलामञ्च बचाऊ अभियानका ई. सुसन वैद्य, संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ, संजय अधिकारीले गुठी संस्थान कार्यालयमा सार्वजनिक जग्गा हडप्ने भूमाफियालाई कानूनी कारवाहीको माग गर्दै असोज १७ निवेदन समेत दर्ता गराएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika