११ भाद्र २०८३, बिहिबार
Header

खुलामञ्चमा विहानै महानगरको डोजर चल्यो


प्रकाशित: बुधवार, ५ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । खुलामञ्चमा अतिक्रमण गरेर बनाएको संरचना मंगलवार विहानै हटाएको छ । 


अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको हो । काठमाडौं महानगरले पनि यस अघि खुलामञ्चै छिट्टै खुला गर्ने बताएको छ । 


राष्ट्रिय गौरवको निर्माणमा रहेको दरवार हाईस्कुलको पुननिर्माण सम्पन्न भईसकेको छ भने वीर अस्पतालको निर्माण पनि अन्तिम चरणमा पुगेकोले खुलामञ्चमा रहेको निर्माण सामग्रीहरु हटाएर खुला गर्ने महानगरपालिकाले जनाएको छ । 


खुलामञ्चमा रहेका अतिक्रमति टहरा हटाउने पर्ने भन्दै अभियान्ताहरुले निरन्तर दवाव मुलक कार्यक्रम गर्दै आएको थियो । 


पछिल्लो समय राजीनितिक दलहरुले सडकमा आमसभाहरु गर्न थालेपछि उपत्यकाको ट्राफिक व्यवस्थानै अस्तव्यस्त हुन थालेपछि खुलामञ्चमा सभाहरु गर्न महानगरलाई दवाव सिर्जना भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex