१३ बैशाख २०८१, बिहिबार
Header

खुलामञ्चमा माघ १ बाट पार्किङ निषेध


प्रकाशित: सोमबार, २८ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । खुलामञ्चमा माघ १ गते बुधवार देखि सवारी साधान पार्किङ निषेध गरिएको छ । 


काठमाडौं महानगरपालिका वडा २८ ले जारी गरेको सुचना अनुसार उक्त दिनबाट खुलामञ्चमा सवारीसाधन पार्किङ निषेध गरेको हो ।


वडाले खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरेको सर्वसाधरण सबैमा सुचना जारी गरी पार्किङ निषेधको जानकारी गराएको छ ।  


खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो ।


टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए ।


खुलामञ्चमा वीर अस्पताल, हाईस्कुल, सार्वसाधरणहरुले पार्किङ स्थल बनाएपछि खुलामञ्च खुला गराउन पार्किङ निषेध गरिएको वडा २८ अध्यक्ष भाईराम खड्गीले बताए । 


केही समययता अकुपाई टुँडिखेल अभियानकर्ताहरुले पनि खुलामञ्च खुला गराउनु पर्नेमा जोड दिँदै खुलामञ्च परिसरमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD