५ बैशाख २०८१, बुधबार
Header

खुलामञ्चमा महानगरले आधुनिक शौचालय निर्माण गर्ने


प्रकाशित: शनिवार, २ साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा आधुनिक शौचालय निर्माण गरिने भएको छ ।  


महानगरले वीर अस्पताल र विद्युत प्राधिकरण अघिल्तिर खुलामञ्चमा भएका २ वटा पुराना शौचालय भत्काएपछि सो स्थानमा सुविधाजनक नयाँ शौचालय निर्माण गरिने भएको हो ।

 
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार ती ठाउँमा सहरी सुन्दरता र आवश्यकताका आधारमा प्रविधियुक्त र सुविधाजनक नयाँ शौचालय निर्माण हुनेछन ।


नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री बनाइनेछन । स्यानिटरी प्याड लिने र विसर्जन गर्ने, नानी बाबुहरुलाई प्याड फेराउनेजस्ता सुविधाबाट महिलामैत्री बनाइनेछ । 


श्पर्श वा आवाजको उचित संयोजन गरेर तथा ¥याम राखेर अपाङ्गतामैत्री बनाइनेछन । सरसफाइका लागि पर्याप्त पानी र उज्यालोका लागि बत्तीको व्यवस्था हुनेछ । 


यस्तै शौचालयबाट उत्पादन भएको फोहोर वातावरणीय रुपमा व्यवस्थापन गर्न सकिने प्रणाली जडान हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाई छ । 


काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको नीतिमा एक वडा एक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने विषय उल्लेख गरेको छ । 


यसै गरी भीड हुने ठाउँमा पहिचान गरिएका होटल रेष्टुरेन्टहरुका शौचालय सार्वजनिक रुपमा सञ्चालन गर्न प्रोत्साहन गर्ने र उनीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने प्रबन्ध गरेको छ ।


यस अघि नै चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्कमा र नयाँ बानेश्वरको छक्कुपक्कु पार्कमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याइसकिएको छ ।


महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD