काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने काठमाडौं महानगरको योजना विरुद्धमा प्रदर्शन गरिएको छ ।

अँकुपाई टुँडिखेलका अभियान्ताहरु र स्थानीयवासी मिलेर सोमवार काठमाडौं महानगरको गेट अगाडी प्रदर्शन गरेका हुन ।
टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाउँदै आएका अभियान्ताहरुले खुलामञ्च खुलै हुनु पर्ने भन्दै महानगरको योजनाको कडा रुपमा विरोध गरेका छन ।

सो अभियानको समर्थनमा नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, नेवाः अभियान्ता नरेशवीर शाक्य, अभियान्ता सुशन बैध, रविन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
अँकुपाई टँडिखेलका अभियानका संयोजक बिजय श्रेष्ठको नेतृत्वमा गएको टोलीले महानगर उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्र बुुझाएका थिए ।




तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय