४ भाद्र २०८३, बिहिबार
Header

खुलामञ्चमा भूमिगत पार्किङको डिपिआर प्रक्रिया खारेज गर्न अभियान्ताहरुको माग


प्रकाशित: आईतवार, १७ पुस २०७९, १५ः३० बजे
- अजय खड्गी

काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङको विरोधमा अकुँपाई टुँडिखेलका अभियान्ताहरुले काठमाडौंमा महानगरपालिकामा ज्ञापन पत्र बुझाउने भएको छ ।


सोमवार विहान पोनै एघार बजे महानगरले खुलामञ्चमा निर्माण गर्नको सुरु गरेको डिपिआर प्रक्रिया अविलम्ब खारेजीको माग गर्दै महानगर प्रमुख बालेन्द्र साह (वालेन) र उपप्रमुख सुनिता डंगोललाई ज्ञापन पत्र बुझाउने भएको अभियान्ता शुसन बैद्यले जानकारी दिए ।


अभियान्ता बैद्यले आम महानगरवासीलाई सार्वजनिक आव्हान गरेर सो ज्ञापन पत्र बुझाउन लागिएको बताए । उनले अभियान्ताहरुसँगै महानगरवासीहरुको पनि उल्लेखिय उपस्थिती हुने बताए ।


सार्वजनिक गरिएको आव्हानमा भनिएको छ,‘प्राचिन हिटी प्रणालीसँग जोगिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिस्टम सँधैको लागि मासिने र अन्य नेगेटिभ वातावरिणीय प्रभाव पनि पर्ने भएकोले खुलामञ्च अण्डरग्राउण्ड पार्किङको सोचनै गलत छ ।’


खुलामञ्च प्राकृतिक, धार्मिक, सांस्कृतिक, समाजिक, ऐतिहासिक रुपमा महत्वपूर्ण तथा विपद पर्दा नागरिकको आश्रयस्थल पनि भएको खुलामञ्चमा पार्किङ निर्माणको प्रक्रिया गलत रहेको भनिएको छ । 


‘जनताको भावनात्मक सम्बन्ध बोकेको सार्वजनिक सम्पती टुँडिखेलको खुलामञ्च महानगरले अन्य विकल्प रहँदा रहँदै पनि तिन तल्ला अण्डरग्राउण्ड पार्किङ भवन बनाउने योजना सहित डिपिआरको कार्य अघि बढाएको छ ।’ सार्वजनिक आव्हानमा उल्लेख छ । 


महानगरले खुलामञ्चमा पार्किङ निर्माको लागि अध्ययन गर्न नगर विकास कोषलाई जिम्मा दिएको छ । 


महानगरका प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मान्धरका अनुसार काठमाडौंको पार्किङ समस्या समाधानको लागि सो प्रक्रिया अघि बढाएपनि सरोकारवालाहरुसँग छलफल नगरी काम अघि नबढ्ने बताउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex