२१ बैशाख २०८१, शुक्रबार
Header

खुलामञ्चमा फुटवल ग्राउण्ड बनाउने योजनाको विरोध


प्रकाशित: आइतवार, २९ पुस २०८०, १६ः २० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटवल ग्राउण्ड बनाउने भएपछि विरोध सुरु भएको छ । 


आइतवार ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विज्ञप्ती जारी गरी महानगरको सो योजनाको विरोध गरेका छन । 


मुक्त टुँडिखेल (अकुपाई टुँडिखेल)का संयोजक विजय श्रेष्ठले जारी गरेको विज्ञप्तीमा खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व रहेकाले यहाँ फुटबल ग्राउन्ड बनाउँदा त्यसले ती गतिविधिमा असर पुर्‍याउने भन्दै विरोध जनाएका हुन । 


‘मुक्त टुँडिखेल’ अभियानले यहाँ कुनै प्रकारको निर्माण वा हस्तक्षेप गर्नु गलत भएको बताएका छन ।   


हाल ताला लगाइ राखेको खुलामञ्चलाई खुला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसार क्रियाकलाप गर्न दिन उनीहरूले स्थानीय सरकारलाई आग्रह गरेका छन । 


‘खेलमैदान काठमाडौंको आवश्यकता हो भन्ने कुरामा दुई मत छैन । तर खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो। कयौं मूर्त र अमूर्त सांस्कृतिक सम्पदा भएको यो स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी पनि हो,’ प्रेस विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा अन्य कार्यहरू हुन नसक्ने स्थिति देखिन्छ। जनताले ऐतिहासिक समयदेखि आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुलामञ्चलाई यथास्थितिमा जोगाएर राख्नुको कुनै विकल्प छैन।’


अभियानले काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीलाई सो विषयमा ज्ञापन पत्र बुुझाएका छन । 


उनीहरुले जनताले एैतिहासक समयकाल देखी आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुल्ला सार्वजिनक ठाउँ टुँडिखेललाई यथास्थितीमा जोगाएर राख्नुको कुनै बिकल्प नभएको ज्ञापन पत्रमा जनाएको छ । 


‘यस मैदान सम्पदामा कुनै प्रकारको निर्माण वा हस्तक्षेप नितान्त ग़लत हो। परापूर्व काल देखि संरक्षित रहँदै आएको घाँसे मैदानलाई निरन्तरता दिएर हाल ताला लगाई रहेको खुल्ला मञ्च जनताको लागि खुल्ला गरी जनतालाई आवश्यकता अनुसारको क्रियाकलाप गर्न दिन स्थानिक सरकारलाई यस मुक्त टुँडिखेल अभियान अनुरोध गर्दछ ।’ ज्ञपान पत्रमा उल्लेख गरेका छन । 


यसअघि महानगरले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भनेको थियो। यो कुरामा पनि ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध जनाएका थिए।


‘टुँडिखेलको अभिन्न अंग रहेको खुलामञ्चमामा केही निर्माण गर्नु भन्दा व्यवस्थापनमा जोड दिन हामी अनुरोध गर्छौ। यसको साटो रंगशाला तथा सानो टुँडिखेलमा फुटबल ग्राउन्डसँगै अन्य खेल खेल्ने स्थल बनाउन सकिन्छ,’ उनीहरूले विज्ञप्तिमा लेखेका छन्।


खुलामञ्च टुँडिखेलको अभिन्न अंग हो ।  सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको छ । हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ ।


खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूणर् टुँडिखेलको स्वतन्त्रको लागि ‘मुक्त टुँडिखेल’ नामक अभियान कात्तिक २३ गते शनिवार २०७६ गते देखि सुरू भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD