काठमाडौं । अँकुपाई टुँडिखेलका अभियान्ताहरुले काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोललाई ज्ञापन पत्र बुुझाएका छन ।
आज (सोमवार) अभियान्ताहरुले महानगरले सुरु गरेको खुलामञ्चमा तिनतले भूमिगत पार्किङ निर्माण प्रक्रिया अविलम्ब रोक्न माग गर्दै उपप्रमुख डंगोललाई ज्ञापन पत्र बुुझाएको हो ।
अभियानका संयोजक विजय श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले खुलामञ्चमा पार्किङ अस्विकार्य भएको भन्दै महानगरले पक्रिया नरोके चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन ।
ज्ञापनपत्र पढेर सुनाएपछि अभियानका संयोजक श्रेष्ठले उपप्रमुख डंगोललाई ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
उपप्रमुख डंगोलले ज्ञापनपत्र बुुझेपछि महानगरवासीको चाहाना विपरित कुनै पनि प्रक्रिया अघि नबढाउने प्रतिवद्धता व्यक्त गरेकी थिईन ।
‘टँडिखेलको कुरा गरिरहँदा हामी सबै जनाले सार्वजनिक जग्गाहरु, स्पेसहरु संरक्षण गर्नुपर्छ, त्यसैगरी पार्किङको कुरा गरिरहँदा, नीतिगत रुपमा जसरी अघि बढिरहेको थियो, त्यो भन्दा पनि यी सबैकुराहरुको प्राथमिकता एज डेपुटि मेयर, पहिलो प्राथमिकता यो आवश्यक्ता हो किन होईन भन्ने हो ।’ उनले भनिन ।
उनले धरहारा, काठमाडौं प्लाजा, एनआसी लगायतको ठाउँमा पार्किङको विकल्प रहेको र यसले असन, न्यूरोड क्ष्क्षेत्रको पार्किङलाई सम्बोधन गरेको खण्डमा नयाँ संरचनाको आवश्यक्ता नपर्ने बताईन ।
Categorized in स्थानिय