२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

खुलामञ्चमा नेपाल अर्केष्ट्रा ११४३, ‘सय थरी बाजा एकै ताल– कार्यबहाक प्रमुख डंगोल


प्रकाशित: शनिवार, २७ जेठ २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । खुलामञ्चमा शनिवार नेपाल आर्केष्ट्रा ११४३ मा बजाहरुको प्रस्तुती दिएको छ । 


काठमाडौं महानगरपालिको सहयोगमा ज्यापू महागुथि नेपाः केन्द्रिय समितिको आयोजनामा भएको सो कार्यक्रममा सबै थरिको बाजाहरु बजाईएको थियो । 

 


सो कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पहिचान जोगाउनको लागि कला, संस्कृति र परम्परालाई संरक्षण गर्नु पर्ने बताएकी छिन । 


उननले जसरी आज एकता भएर सबै थरिबाट बजा बजाए झै सबै मिलेनर समाज, देश सेवा गर्न जरुरी रहेको बताईन । 

 


‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौं। यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस्,’ उनले भनिन, ‘सय थरी बाजा एकै ताल भने झैं हामी सबै आफ्नो ठाउँबाट एकजुट भएर लागौं ।’

 


कार्यक्रमलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गरेका थिए । 


उनले ज्यापूमहागुथिको अभियानलाई सरकारले सहयोग गर्ने बताए । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex