८ बैशाख २०८१, शनिबार
Header

खुलामञ्चमा ढलान अबरोधको मेयर शाक्यद्धारा दुःख व्यक्त


प्रकाशित: सोमबार, २० असोज २०७६, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दुर शाक्यले खुलामञ्चमा ढलानमा भएको अबरोध प्रति दुःख व्यक्त गरेका छन । 


प्रमुख शाक्यले काठमाडौंलाई धुलोमुक्त अभियान बनाउने अभियान अन्तर्गत अस्थायी रुपमा गरेको ढलानलाई लिएर अवरोध गर्नु दुःखद भएको बताएको छ । 


जनप्रतिनिधीहरुो उपस्थितीमा खुलामञ्चमा गरिएको अवरोध दुःखद भएको मेयर शाक्यको भनाई छ । शाक्यले आसन्न भ्रमणमा आउन लागेको  चिनियाँ राष्ट्रपी सि जिपिङको स्वागतको लागि सडकको सफाई, सजावट भईरहेकोले खुलामञ्चमा पनि अस्थायी ढलान गरेको बताए ।


हिजो अभियान्ताहरुसँगै कांग्रेस सभासद भीमसेनदास प्रधान, महानगर उपप्रमुख हरिप्रभा खड्गी र २८ वडा अध्यक्ष  भाईराम खड्गीको पनि उपस्थिती रहेको थियो । 


खुलामञ्चमा सञ्चालित अस्थायी बसपार्कमा ढलान गरेको समाचार सार्वजनि भएपछि स्थानीय तथा अभियान्ताहरुले आईतवार ढलानको कार्य अवरोध गर्नुका साथै बार भत्काइदिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD