३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

खुलामञ्चमा ठेकेदारको गैरकानुनी सटर, महानगरले भत्काउँने


प्रकाशित: मंगलवार, १० बैशाख २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणको ठेक्का पाएका जलेश्वर स्वच्छन्द विकाई विल्डर्सले गैरकानुनी रुपमा सटर निर्माण गरी भाँडा असुली गर्न थालेको छ । 


विल्डर्सले ४ लाख देखि १५ लाखसम्म अग्रिम पैसा उठाएर निर्माण गरिएको प्रति सटरको प्रति महिना १२ हजार रुपियाँ दरले भाडा समेत उठाउँदै आएका छन । 


अहिले सटरहरुमा धमाधम फर्निचरको काम समेत भईरहेको देखिएको छ । सो सटरहरुमा विभिन्न लुगा पसल, खाजा पसल, फलफुल तथा जुस पसलहरु सञ्चालन भईरहेको छ । 


यस विषयमा काठमाडौं महानगरपालिकालाई भने कुनै जानकारी नभएको बताएको छ । 


महानगरले खुलामञ्चमा क्यान्टिन, यात्रु प्रतिक्षालय र सौचालयको बनाउनको लागि अनुमति दिएकोमा ठेकेदार कम्पनीले भने गैरकानुनी रुपमा व्यवसायिक सटर निर्माण गरेर नाफा कमाईरहेको छ । 


गैरकानुनी रुपमा निर्माण गरिएको सो सटरहरु महानगरले चाँडै भत्काउँने तयारी गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex