काठमाडौं । खुलामञ्च कब्जा गरेर ठेकेदारले बनाएका ४० वटा सटर भत्काउन काठमाडौं महानगरपालिकाले शनिवार डोजर चलाएको छ ।
जनस्तरबाट व्यापक विरोध र प्रदर्शन भएपछि महानगरपालिको डोजर चलाउने निर्णय गरेको हो ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले खुलामञ्चका गैरकानुनी पसल कवल हटाउन डोजर परिचालन गरिएको सञ्चारमाध्यमहरुलाई बताएको छ ।
सापकोटाका अनुसार सबै सटरहरु भत्काउने कार्यमा प्रहरी परिचान भईसकेका छन ।
काठमाडौं भ्यू टावार निर्माणका ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सले खुलामञ्चमा गैरकानुी रुपमा सटर निर्माण गरी भाँडा असुल िगर्दै आएका थिए ।
यस अघि महानगरपालिका मेयर विद्याुसन्दर शाक्यलाई खुलामञ्चमा निर्माण गरिएको सडक भत्काउन स्थानीयवासी, सम्पदाप्रेमीहरुले ज्ञापन पत्र बुझाएका थिए ।
Categorized in समाज