२३ बैशाख २०८१, आइतबार
Header

खुलामञ्चमा खेलमैदान बनाउने विषयमा विरोध हुन थालेपछि बालेनले दिए प्रष्टीकरण


प्रकाशित: विहिवार, ३ फागुन २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा खेल मैदान बनाउने हल्ला हुन थालेपछि पहिलो पल्ट सार्वजनिक अभिव्यक्ति दिएका छन ।


विहिवार प्रमुख बालेनले खुलामञ्च खुलानै हुने बताउँदै आम मानिसमा भ्रम सिर्जना गर्ने काम भएको बताए । 


पछिल्लो समय विभिन्न, मिडिया, अभियान्ताहरु, जनप्रतिनिधि लगायत स्थानीय, समाजसेवी, संघ, संस्थाले खुलामञ्चमा महानगरले खेल मैदान बनाउन लागेको भन्दै समाजिक सञ्जालमा ‘खुलामञ्च खुला हुनु पर्दछ’ भन्दै पोष्टहरु गर्न थालेपछि प्रमुख बालेनले सो विषयमा प्रष्टिकरण दिएका हुन । 


उनले खुलामञ्चमा महानगरले ५ करोड लगानी गरी प्लाष्टिकको दुवोसहित खेल मैदान बनाउने समाचार आईरहनु दुःखद भएको भने । 


‘विगत महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन ।  


उनले भने,‘ हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनु पर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस भन्नेमा हामी सचेत छौँ । ’


उनले खुलामञ्च यस्तो हुनु पर्ने बताउँदै लेखेका छन,‘बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् । ’


उनले यसै योजनलाई सार्थक बनाउन १० महिनादेखि खुलामञ्चमा काम गरिरहेको बताए ।


उनका अनुसार विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकिएको छ ।

 
खुलामञ्चलाई महानगरले खेल मैदान बनाउने भ्रम फैलाएको बारे उनले प्रष्ट पारेका हुन । 


उनले भने,‘तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।’


प्रमुख बालेनले आफू रहन्जुले खुलामञ्च सधै सबैको लागि खुला हुने बताउँदै टुँडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गएको बताए । 


उनले आफूले गरेको यी कामहरु मिडिया  र अभियान्ताहरुको नजरमा नपरेको पनि उल्लेख गरेका छन । 


‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन ।’ उनले भने ।


उनले भने, ‘खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।’


‘खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।’ उनले उल्लेख गरेका छन ।


उनले मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता रहेको बताएका छन । 


‘हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।’ उनले भने ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD