८ बैशाख २०८१, शनिबार
Header

खुलामञ्चमा कालोपत्र नरोकिए आन्दोलन


प्रकाशित: आईतबार, १९ असोज २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । दशैंको भीडभाड र स्थानीयको विरोध छल्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चको अस्थायी वसपार्कमा कालोपत्र सुरु गरेको छ ।


खुलामञ्चमा रातारात कालोपत्र हुँदै गरको समाचार सार्वजनिक लगत्तै खुलामञ्च बचाउ अभियानले उक्त कालोपत्र रोक्न चेतावनी दिएको छ । 


अभियानले शनिवार राती विज्ञप्ती जारी गर्दै तत्काल कोलापत्र नरोको आन्दोलनमा जाने चेतावनी दिएको छ । ुलामञ्च बचाउ अभियानका अभियन्ता सुसन वैद्यका अनुसार ६ महिनाको लागि अस्थायी वसपार्कको लागि दिएको खुलामञ्च रातारात कालोपत्र गरिनु षडयन्त्र भएको बताएका छन ।


भ्यू टावर निर्माण गर्ने भन्दै काठमाडौं महानगरपालिकाले अस्थायी रुपमा खुलामञ्चमा वस स्टप सञ्चालनको लागि अनुमित दिएको थियो तर भ्यू टावर निर्माण अतिखेर अलपत्र अवस्था छ । 


भ्यू टावरका निर्माणका ठेकेदार मनोजकुरमा भेटवाल खुलामञ्चमा अबैध टहरा निर्माण गरी ठेक्का लगाएपछि खुलामञ्च अतिक्रमणमको मुद्दाले चर्को रुप लिएको थियो । 


अभियन्ता बैद्यले खुलामञ्चमा अतिक्रमण नरोकिएको बताउँदै खुलामञ्च अतिक्रमणविरुद्ध कडा आन्दोलनमा जान सक्ने बताएका छन ।


जारी विज्ञप्तीमा भनिएको छ, ‘खुलामञ्चमा रातारात डोजर चलाएर सुरू गरिएको निर्माणकार्य तत्काल तत्काल बन्द नगरे जुनसुकै हदसम्म जान सकिने अभियन्ताहरूले बताएका छन्। आन्दोलन क्रममा भौतिक क्षति भए त्यसको सम्पूर्ण जिम्मा महानगरपालिका नै हुने छ ।’ 


खुलामञ्च तीन करोड नेपालीको साझा धरोहर हो, कुनै व्यक्ति विशेषको आर्थिक लाभका लागि यसको दोहन हामीलाई स्वीकार्य नहुने जारी विज्ञप्तीमा उल्लेख छ ।

 

यात्रुहरुको सुविधा तथा धुलो धुँवाबाट मुक्ति पाउनको लागि भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा कालोपत्र सुरु गरेको छ । 


महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार दशैंको मौका छोपी कालोपत्र सुरु गरेको हो । दशैंमा भिडभाड कम हुने भएकोले कालोपत्र गर्न सहज हुने भएकोले कालोपत्र गरिएको उनले सञ्चारमाध्यमलाई बताएका छन ।


धुँलो धुवाले बातावरण प्रदुषित भएकोले कालोपत्र भएपछि कम हुने सुचना अधिकारी आचार्यको भनाई छ । 


खुलामञ्चलाई कालोपत्र गरेर स्थायी वसपार्कको रुप दिन खोजेको भन्दै यसको विरोध पनि सुरु हुन थालेको छ । 


केही समय अघि मात्र पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोजकुमार भेटवालले खुलामञ्च अतिक्रमण ५१ सटर बनाई पसल कवल भाँडामा लगाएपछि ठुलै हंगामा भएको थियो ।


स्थानीय, सम्पादाप्रेमी र सराकोकारबालाहरुको चर्को विरोधपटि टहरा भत्काईएको थियो तर फेरि कालोपत्र गरेर बसपार्कलाई स्थायी रुप दिन थालेको स्थानीय तथा सरोकारवालाहरुको भनाई छ । 


खुलामञ्चमा कालोपत्र सुरु भएपछि अहिले स्थानीय रूटका गाडीहरू रत्नपार्क र भोटाहिटीबाट सञ्चालन हुने मेट्रो ट्राफिकले सूचना जारी गरेको छ । 


कोलोपत्रसँगै खुलामञ्च अनिश्चिकालिन बसपार्क हुने देखिएको छ किन कि भ्यू टावर निर्माणको छाँटकाट तत्काल देखिएको छैन । 

 

तस्वीरः सेतोपाटी

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD