काठमाडौं । यात्रुहरुको सुविधा तथा धुलो धुँवाबाट मुक्ति पाउनको लागि भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा कालोपत्र सुरु गरेको छ ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार दशैंको मौका छोपी कालोपत्र सुरु गरेको हो । दशैंमा भिडभाड कम हुने भएकोले कालोपत्र गर्न सहज हुने भएकोले कालोपत्र गरिएको उनले सञ्चारमाध्यमलाई बताएका छन ।
धुँलो धुवाले बातावरण प्रदुषित भएकोले कालोपत्र भएपछि कम हुने सुचना अधिकारी आचार्यको भनाई छ ।
खुलामञ्चलाई कालोपत्र गरेर स्थायी वसपार्कको रुप दिन खोजेको भन्दै यसको विरोध पनि सुरु हुन थालेको छ ।
केही समय अघि मात्र पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोजकुमार भेटवालले खुलामञ्च अतिक्रमण ५१ सटर बनाई पसल कवल भाँडामा लगाएपछि ठुलै हंगामा भएको थियो ।
स्थानीय, सम्पादाप्रेमी र सराकोकारबालाहरुको चर्को विरोधपटि टहरा भत्काईएको थियो तर फेरि कालोपत्र गरेर बसपार्कलाई स्थायी रुप दिन थालेको स्थानीय तथा सरोकारवालाहरुको भनाई छ ।
खुलामञ्चमा कालोपत्र सुरु भएपछि अहिले स्थानीय रूटका गाडीहरू रत्नपार्क र भोटाहिटीबाट सञ्चालन हुने मेट्रो ट्राफिकले सूचना जारी गरेको छ ।
कोलोपत्रसँगै खुलामञ्च अनिश्चिकालिन बसपार्क हुने देखिएको छ किन कि भ्यू टावर निर्माणको छाँटकाट तत्काल देखिएको छैन ।
Categorized in राष्ट्रिय