काठमाडौँ । खुर्शिद अन्सारीको हत्यारा पत्ता लगाउन माग गर्दै विहिवार नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधिमण्डलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् ।
प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै दोषीलाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री थापाले प्रतिनिधिमण्डलसँगको भेटमा नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । साथै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पारेका छन् ।
मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गरेका छन् ।
सङ्गठनका प्रतिनिधिले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षदेखि भइरहेका आक्रमणकै शृङ्खलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिएका थिए ।
आज (विहिबार) सुनसरीको भुटहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष खुर्सिद अन्सारीलाई भारतबाट मोटरसाईकलमा आएका दुई हतियाधारी समुहले गोली हानी हत्या गरेका थिए ।
सो आक्रमण प्रहरी जवान शिवलाल अधिकारी घाईते भएको छ । उनको धरानको बिपी प्रतिष्ठानमा उपचार भईरहेको छ ।
Categorized in समाज