१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादवको उपचार हुँदै, सभापति देउवा भेट्न पुुगे ट्रमा


प्रकाशित: बुधवार, २० भाद्र २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । बुधवार दिउँसो भृकुुटीमण्डपस्थित खुकुरी प्रहारबाट घाइते बनेका नेपाली कांग्रेसको सहमहामन्त्री महेन्द्र यादवको वीरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 


घाईते यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ट्रमा सेन्टर पुुगेर स्वास्थ अवस्थाबारे जानकारी लिएका छन । 


चिकित्सकले टाउकोमा चोट लागेका उनी खतरामुक्त रहेको बताएका छन ।  यादवलाई कांग्रेसका नेता, कार्यकर्ताले अस्पतालमै पुगेर भेटघाट गरिरहेका छन । 


उनीमाथि खुुकुुरी प्रहार गर्ने नुवाकोट घर भई बालाजु बस्ने ४७ बर्षिय श्यामबाबु सापकोटाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएका छन । उनलाई सिंहदरवार प्रहरी बृतमा राखेर अनुसन्धान अघि बढाएको छ । 


उनले यादवमाथि कुन उद्देश्यले खुुुकरी प्रहारी गरे अहिले खुल्न सकेको छैन । प्रहरीले घट्नबारे अनुसन्धान अघि बढेको जनाएको छ । 


यादव रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्कर्ने क्रममा उनीमाथि खुुकरी प्रहारी भएको हो । उनले यादवमाथि खुुकुुरी प्रहार गरेपछि राजसंस्था जिन्दावाद,एमसिसी खारेज गर, राष्ट्रियता जिन्दावाद, हिन्दु राष्ट्र कायम गरु जस्ता नारा लगाएका थिए । 


साथै उनले मानव तस्करलाई प्रधानमन्त्री बनाउन खोज्ने ? भन्दै प्रश्नसमेत गरेका थिए । प्रहरीले सापकोटाको साथबाट प्रहरीले खुकुरी पनि बरामद गरेको भाइरल भिडियोमा देखिन्छ । 


यस घट्नालाई लिएर नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भत्र्सना गरेको छ ।


पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

asteriskhubs
Home Page Bottom Second


maharjan complex