६ बैशाख २०८१, बिहिबार
Header

खिचापोखरी टावरमा विहिवारदेखि बुकिङ खुल्ला


प्रकाशित: विहिवार, १९ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । व्यवासयिक हव न्यूरोडको खिचापोखरीमा व्यापारिक कम्प्लेक्स खिचापोरखरी टावर निर्माण हुने भएको छ । 


नेपालमै पहिलो पटक डिजिटल लाइटिङ सिस्टम भएको व्यवसायिक ८ तल्लाको हुने भवन निर्माण कम्पनी डिआरएन इन्टरनेशनल प्रालिले जनाएको छ । 


विहिवारदेखि खुला गरिएको सो टावर १६ महिनाभित्रै तयार हुने प्रा.लि.ले जानकारी दिएको छ । यस व्यापारिक कम्प्लेक्समा ११३ देखि २७६ स्क्वायर फिट सम्मका सटर र  ८३६ स्क्वायर फिट सम्मको फ्ल्याट बिक्रीमा राखिएका छन । 


कुनैपनि कर्पोरेट अफिस र ब्राण्डेड शप खोल्न चाहनेले १५ प्रतिशत रकम जम्मा गरेर बुकिङ गर्न सकिने छ र बाँकीको रकम १५ किस्तामा भुक्तानी गर्न सकिन्छ । बुकिङको लागि ५० प्रतिशत फाईनान्सको सुविधा पनि हुने कम्पनीले जनाएको छ । 


नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष एवं डिआरएन इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले न्यूरोडमा आफ्नो सम्पतिसहितको पसल खोल्ने सपना पूरा होस भनेर कम्प्लेक्स निर्माण गरेका बताए । 


श्रेष्ठका अनुसार न्यूरोड क्षेत्रमा सबैभन्दा सस्तो, आधुनिक र सुविधा सम्मपन्न हिसाबले फ्ल्याट विक्री गरिनेछ । ४८ फिटको खुला सडकसँगै रहेको यस कम्पलेक्समा आवागमनको कुनै समस्या नुहने उनको दावी छ ।

 
कम्प्लेक्स नजिकै ४२ रोपनी क्षेत्रफलमा पार्किङसहित धरहरा र आधुनिक पार्क निर्माणाधिन रहेकाले समेत यो आकर्षक रहेको कम्पनीको दाबी छ ।


कम्पनीका अनुसार २४ सै घण्टा सुरक्षा,लिफ्ट, एयरकण्डिसन र फायर फाइटिङ सिस्टम रहनेछ । कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरु राख्नेछ जुन उपभोक्ताको समेत आकर्षण रहने विश्वास लिइएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD