१५ बैशाख २०८१, शनिबार
Header

खाली आईसोलेसन वेड बारे जानकारी दिन हटलाईनको व्यवस्था


प्रकाशित: शुक्रवार, २१ जेठ २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरभित्रका रहेका आईसोलेसन सेन्टरका बेडहरु कति खाली छन भनेर जानकार लिन हटलाईनको व्यवस्थान गरेको छ ।  


हटलाइन ११८० बाट महानगरभित्र रहेका १४ वटा आइसोलेसन सेन्टरका २५ एचडीयु, २८६ अक्सिजनसहितका वेड र २६३ साधारण ५७४ आइसोलेसन वेडका बारेमा महानगरबाट जानकारी दिन सकिने छ । 


महानगरमा सूचना दिने आइसोलेसन सेन्टरहरुमा शारदा सेकेण्डरी स्कूल, तिलगंगा, रत्न राज्य स्कूल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर रहेका छन । 


त्यसैगरी निःशुल्क कोविड आइसोलेसन, गौशाला, क्याम्पेन कलेज, गहना पोखरी, वडा ३० आइसोलेसन सेन्टर, बुद्धमाइ हस्पिटल, टेकु, कोविड आइसोलेसन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी टेवहाल, संकटा छन ।


राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेसन महानगरको सहयोगमा सञ्चालन भएका हुन । 


त्यसैगरी महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोविड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD