५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

खान पाउने अधिकारको माग गर्दै रामेछापमा प्रर्दशन, भोली अर्धनग्न जुलुस निकाल्ने चेतावनी


प्रकाशित: आईतबार, ३ असार २०७५, १२ः०९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  खान पाउने अधिकारको माग गर्दै आईतबार विहान रामेछापको मन्थलीमा सर्वसाधारणले रित्ता थाल ठटाएर प्रर्दशनमा उत्रेका छन् ।

 
सर्वोच्च अदालतले केही समय अघि बीपी राजमार्गमा ठूला ढुवानीका साधन चलाउन रोक लगाएपछि रामेछापमा खाद्यान्नका गोदाम रित्तिएको भन्दै व्यवसायी र सर्वसाधारणले प्रदर्शन गरेका थिए ।

 
बीपी राजमार्गमा मालबाहक गाडी संचालन रोकिएपछि १२ दिन देखि रामेछापमा खाद्यान्न लगायतका सामग्री ढुवानी हुन सकेको छैन ।

 
बजार बन्द गरी प्रदर्शनमा निस्किएका व्यवसायी र सर्वसाधारणले मन्थली बजार गर्दै सर्वोच्चले आदेश नसच्चिए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताएका छन्  ।

 
उक्त राजमार्गमा यस अघि ८ टन क्षमताका मालवाहक साधन संचालन हुँदै आएका थिए ।

 
भूबनौंट र साँघुरा घुम्ती भएको जनाउँदै बीपी राजमार्गमा ठूला सवारीसधान संचालनमा रोक लगाउन परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै ठूला साधन संचालन नगर्न आदेश जारी गरेको थियो ।

 
उनीहरुले शनिबार ढाकरसहितको जुलुस निकालेका थिए । सोमबार उनीहरुले अर्धनग्न जुलुुस निकाल्ने चेतावनी दिएका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex