काठमाडौं । घरयासी खाना पकाउने ग्यास र औद्योगिक प्रयोजनमा प्रयोग हुने ग्यास छुट्याएर फरक मूल्य कायम गर्ने निर्णय माघभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।
शुक्रवार नेपाल आयल निगमको ५५ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो घोषणा गरेका हुन ।
मन्त्री पाण्डेले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने घोषणा गरे ।
हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिदा वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।
उनका अनुसार अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ ।
अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको उनको भनाई छ ।
सरकारले लामो समयदेखि तयारी गरे पनि व्यवहारमा ल्याउन सकेको छैन । उनले यसका लागि आवश्यक तयारी गर्नसमेत निगमलाई निर्देशन दिए ।
10 January 2025, Friday
Categorized in बजार