काठमाडौं । मध्यपुरथिमिको चारदोवाटामा सञ्चालित एक खाजाघरमा यौनधन्दा चलेको गुनसोबढेपछि प्रहरीले सोमबार छापामारी ४ जना युवतीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।
सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।
Categorized in समाज