१६ चैत्र २०८०, शुक्रबार
Header

खसीबजारमा तरकारी किन्नेहरुको यस्तो भीड देखिएपछि.....


प्रकाशित: शुक्रवार, २८ चैत्र २०७६, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । बागबजारको खसिबजारस्थित ईच्छुमति कृषि (तरकारी) बजारमा देखिएको भीडले लकडाउनको ठाडो उल्लघन गरेको छ । 


शुक्रवार साँझ करिब साढे ५ बजेको लकडाउनको १८ औ दिन तरकारी बजारमा तरकारी किन्नेहरुको भीडले लकडाउको कुनै संकेत नै देखिएन ।


सामन्य दिनझै तरकारी बजारमा सर्वसाधरणहरु एक अर्कासँग टाँसिएर तकारी किनेको देखिन्थे । यो सयममा निर्धक्कसँग हुलमा मिसिएर तरकारी किन्नु कतिको बुद्धिमता हो त ?


सडक सुनसान देखिएपनि बजारमा यस्तो भिड हुने भएपछि लकडाउनको कुनै अर्थ देखिएन । यस किसिमको भीडले ठुलो दुर्घट्ना ननिम्ताउला भन्न सकिँदैन । 


यस्तो विषम परिस्थितीमा सर्वसाधरणमा अलिकति पनि चेत नआएको देख्दा सरकारले कोरोनाविरुद्ध चालेको यस अभियानमै प्रश्न चिन्ह खडा गरेको छ । 


कालीमाटी तरकारी बजारमा पनि यस्तै भीडभाड देखिन थालेपछि काठमाडौ महानगरपालिकाले तरकारी बजार बन्द गराएको छ । यसको बैकल्पिक ११ स्थानमा तरकारी बजारको व्यवस्थापन गर्ने भनेपनि सो अनुसारको व्यवस्थापन भने देखिएको छैन । 


स्थानीय तहले अबिलम्ब यस्ता भीड हुने स्थानहरुमा मानिसहरुको संख्या कम गरी सोसियल डिस्टयान्स (सामाजिक दुरी) कडा रुपमा पालना गराउन जरुरी देखिएको छ । 


नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमितहरु देखिएका छन भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ र लकडाउनको अनुशासित भएर पालना गरी संभावित जोखिमबाट आफु पनि बचौ र अरुलाई बचाऔं । 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD