काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरी भुटाहका खर्सिद अन्सारीको हत्यारालाई समातेरै छाड्ने प्रतिवद्धता जनाएको छ ।
खुर्सिदको ११ औ दिनमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री थापाले घट्नामा संलग्नलाई कानुनी दायरमा ल्याएर छाड्ने बताएको हो ।
गृहमन्त्री थापाले खुर्सिदको परिवारलाई सहिदको प्रमाणपत्र र राहत स्वरुप १० लाखको चेक खुर्सिकी श्रीमति मौलानलाई प्रदान गरेको थियो ।
सो सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित रहेको थियो ।
भारतीय सिमाबाट आएका २ हातियारधारीले खुर्सिदमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।
अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
Categorized in समाज