१५ चैत्र २०८०, बिहिबार
Header

खरिबोटमा भेटिएको २२ आना सार्वजनिक जग्गाको उपप्रमुख खड्गीद्धारा अनुगमन


प्रकाशित: बुधवार, १३ साउन २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले वडा १६ वोहोराटार (खरिबोट माइक्रो बस स्ट्याण्ड) वनदेवी गल्लीमा भेटिएको २२ आना सार्वजनिक जग्गाको अनुगमन गरेकी छिन । 


अनुगमनको क्रममा स्थानीयहरुले उपप्रमुख खड्गीलाइे उक्त जग्गा जोगाउन चुनौती रहेको बताएका छन । उपभोक्ता समिति, टोल सुधार समिति, क्लव गरी स्थानीय १५ संघसंस्था जग्गा जोगाउन लागेका छन । 


जग्गा प्लटिङ् गर्ने व्यवसायीले भत्काइदिन्छन । वडाबाट आएर यो सरकारको जग्गा हो भनेर बोर्ड राखिसकेका छन । बोर्डमा कुन जग्गा सार्वजनिक हो स्पष्ट लेखिएको छ । तर पनि बार्न नदिएको स्थानीयहरुले उपप्रमुख खड्गीलाई सुनाए । 


उपप्रमुख खड्गी श्रेष्ठ, वडाध्यक्ष मुकुन्द रिजालसहित अधिकारीलाई स्थानीयले बोलाएर जग्गाबारे जानकारी दिएको हो ।  स्थानीका अनुसार  यस क्षेत्रमा सार्वजनिक जग्गा थुप्रै रहेको अनुमान गरेका छन । 


उनीहरुले सार्वजनिक जग्गामा मनमोहक वकिङ्क ट्रायल, सार्वजनिक शौचालय, पार्क जस्ता निर्माण गर्ने योजनासमेत सुनाएका थिए ।


उनीहरुको कुरा सुनेपछि उपप्रमुख खड्गीले भनिन,‘यस्ता सार्वजनिक जग्गा जोगाएर हरियाली बढाउने र पार्क बनाउने महानगरको नीति नै हो । यही नीतिबमोजिम यसको संरक्षण गर्न महानगरको दायित्वमा परेका सबै काम हुन्छन । यस ठाउँमा अब बाँस होइन, पर्खाल बनाउनुपर्छ ।’


सार्वजनिक जग्गालाई जग्गा प्लटिङ्तर्फ जाने सडक बनाएकोमा स्थानीयको चिन्ताप्रति उपप्रमुख खड्गी श्रेष्ठले व्यक्तिगत र व्यवसायिक लाभका लागि सार्वजनिक जग्गाको उपभोग हुन दिनु हुँदैन । यस्ता कामहरुलाई स्थानीयको सहयोगमा हामी निस्तेज बनाउनु पर्ने बताए । 


वडाध्यक्ष रिजालले सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार स्थानीय सरकारमा आएको छ । त्यो अधिकार प्रयोग गरेर हामी सार्वजनिक जग्गा बचाउँछौँ । जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम तत्काल थालिने बताए । 


सार्वजनिक जग्गा बचाउन स्थानीयहरु १५ वटै संघ संस्थाले एकीकृत समिति नै बनाएका छज । समितिको संयोजकका रुपमा सुदन रेग्मीले नेतृत्व गरिरहेका छन । 


०७७ असार २३ गतेबाट अभियान थालेकोमा बल्लबल्ल २२ आना जग्गा पहिचान गरिएको छ । हामीलाई यस क्षेत्रका कुन कुन ठाउँ सार्वजनिक हुन, अनुमान छ । ती जग्गालाई क्रमशः सार्वजनिक कायम गराउने प्रयासमा रहेको रेग्मीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD