काठमाडौं । अर्थमन्त्री पदबाट मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त हुन भएको छ ।
खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिनु अघि उनले पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतिवडाले पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा दिएको बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ने बुझिएको छ ।
धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
Categorized in राष्ट्रिय