११ बैशाख २०८१, मंगलबार
Header

खतराको सुचीमा काठमाडौं उपत्यका, सम्पदा क्षेत्रहरु संकटमा पर्न सक्ने


प्रकाशित: बुधवार, ११ असार २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठामडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सुची’ मा राख्ने युनेस्कोको प्रस्ताव पारित भएमा उपत्यकाका विश्व सम्पदाहरुको पहिचान संकटमा पर्ने छ । 


सांस्कृत महत्च बोकेको उपत्यकालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले ‘खतराको सुची’ राख्न प्रस्ताव गरेको छ ।


यूनेस्कोको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्ने सो प्रस्तावमा यस विषयमा बहष चल्ने भएको छ । 


सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आईरहेको बेला फेरि खतराको सुचीमा नेपाल पर्न गएको छ । 


काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन ।


अधिकारीहरुका अनुसार एक पटक खतराको सूचिमा सूचिकृत भएपछि भने निस्किन मुस्किल पर्छ । विनाशकारी भूकम्पछि नेपालले सम्पदा संरक्षणमा खासै प्रगती गर्न नसकिररहेको बेला यो चुनौतिपूर्ण बन्ने भएको छ । 


यनेस्कको सेसनमा सहभागी हुन लागेका नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले यस पटकको बैठक नेपालका लागि निकै महत्वपूर्ण हुने बताएका छन । 


खतराको सुचीबाट बाहिर आउने प्रयास गरिने सविच सापकोटाले सञ्चारमाध्यमलाई बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD