१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

खड्गी सेवा समितिका संस्थापक सिद्धिबहादुर खड्गीको निधन


प्रकाशित: सोमबार, २७ माघ २०७६, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल खड्गी सेवा समितिका संस्थापक सिद्धिबहादुर खड्गीको आईतबार राती निधन भएको छ । 


बल्खुस्थित बयोधा अस्पतालमा उहाँको निधनको भएको पारिवारिक स्रोतले बताएको छ । निमोनियाको उपचारको लागि भर्ना भएका भएका ९३ बर्षिय खड्गीको सोमबार शंखमुलस्थित घाटमा नेवारी परम्परा अनुसार दाहसस्कार गरियो ।

 
२०३० सालमा स्वर्गीय खड्गीको नेतृत्वमा खड्गी सेवा समिति गठन गरिएको समितिले खड्गी समुदायको हक, अधिकारको लागि निरन्तर काम गरिरहेको छ । 


स्व. खड्गीको तीन छोरा र पाँच जना छोरी रहेका छन ।


प्रजातन्त्रको लागि सक्रिय सामाजियक योद्धाको रुपमा स्व.खड्गी १९९७ सालदेखि राणाशासन विरोधी आन्दोनलमा पनि सक्रिय रहेका थिए ।


स्वर्गीय खड्गी वि सं २०११ जेठ १५ गते तत्कालीन राजा त्रिभुवनद्वारा गठित सल्लाहकार सभाको सदस्य रहिसकेका थिए । 


त्यसैगरी २०३८ साल बैशाख २० गते तत्कालीन राजा वीरेन्द्रले स्वर्गीय खड्गीलाई राजसभामाको मनोनित सदस्यमा नियुक्त गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex