काठमाडौँ । काठमाडौंका विभिन्न ४७ वटा खड्गी समुदायको गुठीलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
विहिवार एक कार्यक्रमविच प्रत्येक गुठीलाई एक लाखको दरले ४७ लाख अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो ।
परम्परागत बाजा समूह तथा गुठीहरुलाई सहयोग रकम उपलब्ध गराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
सो अवसरमा महानगर प्रमुख बालेन्द्र साह (वालेन) काठमाडौंको सम्पदा, संस्कृतको संरक्षण गर्न युवा पुस्ता अग्रसर हुनु पर्ने बताए ।
प्रमुख शाहले भने, ‘सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवर्धनमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्छ ।’
कार्यक्रमलाई महानगर उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले सम्बोधन गरेका थिए ।
नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले महानगरले गरेको सहयोगबाट परम्परागत काम गर्न सहज हुने बताएका थिए ।
समितिकी अध्यक्ष अञ्जिता खड्गीलगायत विभिन्न गुठीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
महानगरको अनुदानमा खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माण गरिरहेको छ । श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन । यी संरचना पुननिर्माणको लागत करीव ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
अनुदान प्राप्त गर्ने ४७ गुठीहरुः
१. चन्द्र लखु अजिमा गुठी, नक्साल
२. श्री ईन्द्रायणी गुठी, नक्साल, नारायण चौर
३. श्री रुद्र विनायक नायखिं गणेद्य खलः, गणेश चोक
४. श्री पचली भैरव चिधं गुथी, पुखुसि
५. शान्ति सुरक्षा गुठी, स्वयम्भू
६. रामनाम गुथी, कंकेश्वरी
७. श्री कंग अजिमा तः गुथी, इन्द्रसभा मार्ग
८. शान्त नायः खिं बाजं खलः, प्याफल
९. नायः खिं बाजं खलः, इन्द्र सभा मार्ग
१०. श्री कंग अजिमा नायः खिं, मरुढोका
११. सिपाइँ नायः गुथि, भोसिको टोल
१२. पुन हिटी गुथी, दफ्टर मार्ग
१३. योमरी पुन्ही गुथी, दफ्टर मार्ग
१४. दफ्तर नायः खिं बाजं खलः, दफ्तर मार्ग
१५. श्री ईन्द्रायणी गुठी, लैनचौर
१६. श्री ईन्द्रायणी सना गुठी, असन ज्याठा
१७. श्री ईन्द्रायणी गुठी समाज, असन कमलाक्षी
१८. श्री भद्रकाली गुठी, भद्रकाली
१९. श्री ईन्द्रायणी गुठी, असन कमलाक्षी
२०. श्री भद्रकाली गुठी खलः, असन कमलाक्षी
२१. श्री भद्रकाली नायोखिंं बाजँ खलः समिति, बागबजार
२२. श्री पंचकुमारी सिं गुठी, कालोपुल
२३. श्री मैती अजिमा नायः खिं बाजं खल, महाकवि मार्ग
२४. श्री पचली भैरव तःधं गुठी, टेकु
२५. श्री पचली भैरव सेवा गुठी, नाय्पाचो
२६. श्री पचली भैरव नायोपाचो तधं गुठी, नाय्पाचो माग
२७. श्री ईन्द्रायणी तःधं गुठी, ढल्को
२८. श्री ईन्द्रायणी शान्ती गुठी, कालधारा
२९. श्री ईन्द्रायणी सेवा गुठी, ढल्को
३०. श्री ईन्द्रायणी आजाः अजु सना गुठी, ढल्को
३१. श्री भद्रकाली छ्वास गुठी, भोसिको
३२. श्री बालाच¥हे सेवा गुठी खलः, सिघः
३३. श्री पचली भैरव चिधं गुठी,् क्वःने, यराहिटी मार्ग
३४. बागबजार नेवा बाजं खलः, बागबजार
३५. श्री भद्रकाली धर्म गुठी, बागबजार
३६. श्री ईन्द्रायणी गुठी, कमलाक्षी
३७. श्री अजिमा सेवा गुथी, मरुढोका
३८. श्री ईन्द्रायणी गुठी समाज, बहति पोखरी, नयाँबजार
३९. श्री नरसिंह माइला गुठी, मरुढोका
४०. श्री बैकुण्ठ गुठी, भुरुङ् खेल
४१. मेहर सिं गुठी, इनाटोल
४२. चल्खु अजिमा गुठी, कमलपोखरी
४३. श्री गुहेश्वरी द्यः पालाः खड्गी समुह गुह्येश्वरी
४४. श्री पञ्चकुमारी खड्गी सेवा गुठी, डिल्लीबजार
४५. बलराम गुठी, कगं, ल्याखगल्ली
४६. श्री शान्त गुथी, कंकेश्वरी
४७. श्री ईन्द्रायणी सना गुठी, द्यः बुं
Categorized in सम्पदा/संस्कृति